हिमाल दैनिक
विश्वकप क्रिकेट ०२३ को उपाधिका लागि भारत र अष्ट्रेलियाबीचको भिडन्त सुरु

आइसिसी विश्वकप २०२३ को उपाधिका लागि आज भारत र अष्ट्रेलियाको राष्ट्रिय टिमबिच फाइनल खेल हुँदैछ।

आइतबार अपरान्ह भारतीय समय अनुसार सवा २ बजे अहम्दाबादस्थित क्रिकेट मैदानमा सुरु हुन लागेको फाइनल खेलमा अष्ट्रेलियाका टिम कप्तान प्याट कुमिन्सले टस जित्दै भारतीय टिमलाई व्याटिङको निम्तो दिएका छन्।

भारतीय टिमको नेतृत्व गरिरहेका कप्तान रोहित शर्माले आफ्नो चाहना बमोजिम नै विश्वकप फाइनल खेलमा आफूहरुले सुरुमा विशाल रन बनाउन चाहेको बताएका छन्।

उता, अष्ट्रेलियाली टिम कप्तान कुमिन्सले पिच अलि सुख्खा रहेको कारण आफूले सुरुमा टस जितेर पनि फिल्डिङ रोजेको बताएका छन्।

भारत र अष्ट्रेलियाबीचको यो खेलमा यसअघि सेमिफाइनलमा खेलका खेलाडीहरु नै मैदानमा उत्रँदैछन्।

दुबै टिमका महान व्याटर र बलहरुको तुलना गर्दा क्रिकेट खेलको नतिजा भारतको लागि केही सहज देखिएपनि अनपेक्षित नतिजा निकाल्न खप्पिस अष्ट्रेलियाली खेलाडीलाई कम आँक्न हुँदैन भन्ने कुरामा भारतीय खेलाडीहरुलाई राम्रो हेक्का छ।

यसपटकको विश्वकप खेलमा भारतीय महान व्याटरहरु रोहित शर्मादेखि विराट कोहली मात्र होइन, श्रीयस ऐयर, सूर्यकुमार यादवको जत्ति चर्चा छ, त्यो भन्दा ज्यादा बलहरु जसप्रित बुमराह, मोे. सामी, मो. सिराजको घातक बलिङ अष्ट्रेलियाका लागि चुनौतीको रुपमा रहेका छन्। उता अष्ट्रेलियाका व्याटरर्सहरुमा डेभिड वार्नर, ट्राभिस हेड, ग्लेन म्याक्सवेलदेखि बलिङमा एडम जाम्पा भारतीय खेलाडीका लागि सहज हुने छैनन्।

 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update