हिमाल दैनिक
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधिश तथा पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आब्हान

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिशबिरुद्ध सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले न्यायापरिषदको मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्च अदालतका लागि न्यायाधिश पदमा सिफारिस भएकाहरु ६ जना उम्मेदवारहरुको सुनुवाईपूर्व सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

विगत लामो समयदेखि रिक्त रहँदै आएको सर्वोच्च अदालतका ७ न्यायाधिश पदमध्ये ६ स्थानमा पदपूर्तिका लागि न्यायपरिषदको बैठकले सिफारिस गर्ने निर्णय गरेको थियो। जसमा शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमारपोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधिशमा सिफारिस गरेको थियो।

समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने राणाले बताए।

त्यस्तै समितिको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उनले बताए।

सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update