हिमाल दैनिक
राजनीतिक मुद्दासहित डा. केसीले गरे सत्याग्रहको घोषणा

बिभिन्न राजनीतिक मुद्दासँगै चिकित्सा शिक्षा क्षेत्रको सुधारका माग अघि सारेर वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै शुक्रबार बेलुकादेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी दिए।

नेपाली चिकित्सकहरुको माझमा वरिष्ठ विशेषज्ञका रुपमा परिचित तर, आम जनतामा अनसन र सत्याग्रहका पर्यायाबाची जस्तै बनेका केसीले यसपटक राजनीतिक मुद्दा समेत उठाएका छन्। जसमा उलने

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पु¥याउन माग गरेका छन्।

त्यस्तै सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने उनको माग छ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारका लागि पटक पटक आन्दोलन गर्दा पनि इमान्दारीसाथ सम्झौताहरु कार्यान्वयन नभएकाले सत्याग्रह बस्नुपरेको उनले बताए।

केसीले १०० शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रमहरु सुरु गर्नुपर्ने माग पनि गरेका छन्।

त्यस्तै उहाले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गन,; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने लगाएतका माग राखेका छन्।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update