हिमाल दैनिक
नेपालमा बढिरहेको भ्रष्ट्राचार देखेर बिदेशीसमेत अचम्मित हुन थाले: काेइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्ट्राचारबारे बिदेशी समेत अचम्मित हुन थालेको बताएका छन् ।

"आजभोलि हरेक बिदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्ट्राचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने?" कोइरालाले भने ।

कोइरालाले मुलुक भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको भन्दै बिदेशीका अगाडि शिर झुकाएर हिड्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन।

भ्रष्ट्राचार मुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउँने प्रतिबद्धता समेत कोइरालाले गरे।
भ्रष्टाचारको अन्त्य नभए सम्म जति भाषण गरेपनि देश बिकास नहुने कोइरालाको तर्क थियोे ।

नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने- "अहिलेसम्मको कांग्रेस कसरी चल्यो म त्यता जान्न तर अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैन।"

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update