हिमाल दैनिक
कांग्रेसको महासमिति बैठक फागुन ७ देखि हुने रे!

नेपाली कांग्रेसको महासमिति बैठक डेढ महिना पर फागुनमा सरेको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेका बैठकले पूर्वनिर्धारित कार्यतालिका अनुसार विविध कारणबस तयारीको समय नपुगेको भन्दै महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरमा गर्ने निर्णय गरेको हो।
यसअघि असोजमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको मिति मंसिर १३ गतेदेखि गर्ने निर्णय गरेकोमा पछि दुईपटक मिति बदलेर पुस १६ गतेदेखि गर्ने भनिएको थियोे।

यसबीचमा चाडपर्व र जाजरकोटमा भुकम्पको क्षतिका कारण महासमिति बैठकको तयारीमा असर परेको थियो।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको कार्यसम्पादन समिति बैठकले पुस १६ देखि माघ १६ गतेसम्म समुदायमा कांग्रेस अभियान चलाउने भएको छ।

बैठकको निर्णयहररू सार्वजनिक गर्दै पार्टीले जारी गरेको विज्ञप्ति अनुसार, ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम नेपाली कांग्रेस राजनीतिक दललाई निर्वाचन आयोगमा दर्ता गर्ने तथा सो निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी, राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय पनि कांग्रेसले गरेको छ।
सत्तासाझेदार दलसँग चुनावी तालमेलको गृहकार्यमा रहेको कांग्रेसले कुन प्रदेश र समूहबाट कति जनाको नाम सिफारिस गर्ने भन्ने अझै टुंगो लगाएको छैन।

FB_IMG_17026461097601702646148.jpgFB_IMG_17026461144381702646149.jpg

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update