हिमाल दैनिक
उखुको समर्थन मूल्य तत्काल तोक्न सरकारलाई सांसद विनोद चौधरीको आग्रह

उखुको समर्थन मूल्य तत्काल तोक्न सरकारलाई सांसद विनोद चौधरीको आग्रहनेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन्।

सरकारले समयमै उखुको समर्थन मूल्य तोक्न नसक्दा उखु किसानहरुमाथि पर्न गएको असरप्रति चासो र चिन्ता लिँदै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चौधरीले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाललाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन्।

‘नवलपरासी (पश्चिम) जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरु उखु खेतितर्फ साह्रै उत्साहित देखिन्छन्। किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,’ सांसद चौधरीले मन्त्रीलाई लेखेको पत्रमा भनेका छन्।

‘चालु आर्थिक वर्ष २०८०/८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर, हालसम्म पनि मूल्य नतोकिदिंदा यस क्षेत्रका किसानहरु अन्योल र मर्कामा परेका छन्,’ चौधरीले भनेका छन्।

उनले उखुको समर्थन मूल्य तोक्न ढिलाई हुँदा उद्योगहरुले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएा छन्। साथै कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषि मन्त्री भुसालको लिखित ध्यानाकर्षण गराएका हुन्।

उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदान वापतको रकम पनि समयमै भुक्तानी गराउन पनि मन्त्रीसँग माग गरेका छन्।

सांसद चौधरीकै पहलमा यसपटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदान वापतको रकम पाइसकेका छन्। सांसद विनोद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदानको रकम

कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएर आन्दोलनरत छन्।

सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रति मेट्रिक टन ६१० रुपैयाँ तोकेको थियो। जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानवापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।

Scan2023-12-17_095514 (1)1702795071.jpg

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update