हिमाल दैनिक
नेता चौधरीको लक्ष्य: युवा सन्ततीको भविष्य देशभित्रै सुरक्षित गराउने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यहि देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफु राजनीतिमा सक्रिय रहेको बताएका छन् ।

‘युवाहरूको भविष्य यहि देशमा सुरक्षित छ र उनीहरूका सन्ततीको भविष्य यहि देशमा उज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु,झ नेता चौधरीले भने, ‘मलाई लाग्छ, हाम्रो जिम्मेवारी यहि नै हो। र, यो संकल्प पुरा गर्न सकेनौँ भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै नेता चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशिल बन्दै देशको आर्थिक नीतिमा गंभिर सुधार आवश्यक रहेकोमा जोड दिए।

‘आज वेरोजगार युवा मात्र होइन, राम्रो रोजगारीमा रहेका युवाहरू पनि जागिर छाडेर धमाधम विदेश गइरहेका छन्। जबसम्म हामीले उनीहरू र उनीहरूका सन्ततीको भविष्य यहि देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्न सक्दैनौँ यो प्रकृया जारी रहनेछ,’ नेता चौधरीले विशेष जोड दिदै भने, ‘ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नेपाली कांग्रेसले आर्थिक विकासको नेतृत्व पनि लिन सक्छ भनेर हामीले प्रमाणित गर्नु परेको छ । र, त्यो जिम्मेवारी पूरा गर्न हामी सक्षम छौँ भन्ने सन्देश पोखराबाट दिन चाहान्छु।’

नेपालको आर्थिक सुधारको नेतृत्व विगतमा नेपाली कांग्रेसले लिएको स्मरण गराउँदै नेता चौधरीले भने, ञअब फेरी दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समय आएको छ । पार्टीले यो दिशामा वृहत गृहकार्यका साथ निर्णय लिनेछ भन्नेमा मेरो विश्वास छ।’
आर्थिक विकास, सामाजिक रूपान्तरण र शुसासनको राजनीतिलाई मुख्य प्राथमिकता दिदै आएका नेता चौधरीले यी बिषयलाई गम्भिर रुपमा आत्मसाथ गर्दै कांग्रेसले आफुलाई नयाँ पुस्ताले भर पर्न सक्ने पार्टीका रुपमा उभ्याउनुपर्ने धारणा पनि व्यक्त गरे। 

‘आगामी निर्वाचनमा कम्तिमा २५ लाख युवाहरू पहिलो पटक मतदाताका रुपमा भोट गर्नेछन्। उनीहरूको पहिलो रोजाई कांग्रेस बन्ने गरि अहिलेदेखि नै काम गर्नुपर्नेछ,झ भन्दैमा उनले थपे, ञनेपालको १० बर्षको आर्थिक विकासको रोडम्याप के होरु हामीले नयाँ पुस्तालाई तिम्रो भविष्य यहि देशमा सुरक्षित भनेर देखाउने आधार के हुन्रु यी बिषयमा अब हामी अलमलमा रहनु हुदैन।’

नेता चौधरीले भने, ‘हामीसँग आर्थिक विकासको प्रष्ट रोडम्याप हुनुपर्छ। राजनीतिको अबको एजेण्डा नेपाललाई विकसित देशमा पुर्‍याउने नै हुनुपर्छ। त्यसका लागि नीति, कार्यक्रम र कार्यान्वयन प्रणालीमा समेत गृहकार्य गर्न जरूरी छ। मलाई विश्वास छ, पार्टी नेतृत्व र समग्र पार्टी पंक्ति अब यहि दिशामा केन्द्रीत बनेर युवाहरूको आकांक्षालाई सम्बोधन गरिनेछ।’

नेपाली कांग्रेसले अवलम्बन गर्ने आर्थिक विकासको दृृष्टिकोणले नै पार्टी संगठन र युवाहरूलाई आकर्षित गर्ने भएकाले गण्डकी प्रदेश सम्मेलनले यस दिशामा गंभिर निर्णय गर्नेछ भन्ने विश्वास पनि नेता चौधरीले ब्यक्त गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य संरचनामा अवतरण हुदा खुसी लागेको उल्लेख गर्दै नेता चौधरीले विमानस्थल खाली रहनु भने राम्रो संकेत नरहेको उल्लेख गर्दै पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्नका लागि गम्भिर भएर लाग्नुपर्ने भन्दै सरकारको ध्यानाकर्ष पनि गराए। नेता चौधरी पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update