हिमाल दैनिक
राष्ट्रपतिको उपस्थितिमा ६ नवनियुक्त न्यायाधीले लिए पद तथा गोेपनीयताको सपथ

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको सपथ दिलाएका छन्।
 
राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश श्रेष्ठले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

केही समयअघि न्यायपरिषदको सिफारिसमा न्यायाधीश पदका लागि प्रस्तावित नामहरुलाई संघीय संसदको विशेष सुनुवाई समितिले बुधबार अनुमोदन गरेलगत्तै राष्ट्रपतिबाट सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका न्यायाधीशहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई आज प्रधानन्यायाधीशले सपथ दिलाएका हुन्।

सर्वोच्च अदालतमा ६ नयाँ न्यायाधीशरुको नियुक्ति पश्चात अझैपनि एक पद रिक्त रहेको छ। जसमा सत्तारुढ नेकपा माओवादी केन्द्रको तर्फबाट प्रस्तावित कानून व्यवसायीलाई न्यायपरिषदले नियुक्तिका लागि सिफारिस गर्न सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update