हिमाल दैनिक
सि.जी. डिजिटल र जगदम्बा क्रेडिटको संयुक्त सहकार्यमा जिरो प्रतिशत किस्ताबन्दीको सुविधा

सि.जी. डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको जिरो प्रतिशत (०%) किस्ताबन्दी मार्फत अब ग्राहकबर्गहरुले कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एल. जी, सि.जी. र बेको ब्रान्डका घरेलु उपकरणहरू सुपथ मूल्यमा खरिद गर्न सक्ने भएका छन्।

नेपालको प्रतिष्ठित व्यवायायिक समूह सि.जी. डिजिटल्सले जारी गरेको विज्ञप्ति अनुसार, सिजी र जगदम्बाको सहकार्यमा सुरु हुन लागेको अभियानका कारण घरायसी उपकरणहरु जस्तै टि.भी., रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर जस्ता इलेक्ट्रोनिक्स् सामाग्रीहरुको खरिदमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

यो सहकार्यले गर्दा अब १२ महिने सून्य किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने र यसले नयाँ उपभोक्ताहरुका लागि थप अवसर खोलेको छ। यसका साथै झन्झट मुक्त जिरो प्रतिशत किस्ताबन्दी सुबिधाले न्युनतम अग्रिम लागतमा, शून्य प्रतिशत व्याज्दरमा नै उपभोक्ताले उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स् उत्पादनहरु खरिद गर्न सक्नेछन्। ग्राहकहरूले एल. जी., सि.जी.  र बेको ब्रान्डका घरेलु उपकरणहरू जस्तै टि.भी., रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनरहरू बिशेष छुटमा नै सून्य प्रतिशत किस्ताबन्दी सुबिधाको लाभ उठाउन सक्नेछन्।

सि.जी. डिजिटल र जगदम्बा क्रेडिटसँग भएको संयुक्त सहकार्यले उपभोक्ताको क्रयशक्ति बढाउन मद्दत् गर्ने र इलेक्ट्रोनिक्स् बजारमा यो एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने कुरामा दुबै पक्ष विस्वस्थ छन्।

यो सुविधा उपत्यकाभित्र रहेका सबै सि.जी. डिजिटल शोरुमहरुमा उपलब्ध हुनेछ। तसर्थ, ग्राहकहरूले आफ्नो सुविधा अनुसार नजिकैको शोरूममा सम्पर्क गर्न वा भ्रमण गर्न सक्ने तथा थप जानकारी र कुनै जिज्ञासाको लागि ९८०१९०८९४९ र ९८५१२३७०३८ मा फोन गर्न सक्नेछन्।

 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update