हिमाल दैनिक
गण्डकीबाट गठबन्धनका तीनै उम्मेदवार विजयी

आज सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरु भारी मत अन्तरले विजयी भएका छन्।

बिहिबार अपरान्ह ३ बजे मतदान सकिएलगत्तै भएको मतगणनमा अन्य समूहमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, अपाङ्ग वा अल्पसंख्यकमा कांग्रेसकै पदमबहादुर परियार र महिलातर्फ नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनरुपा शर्मा विजयी भएकी हुन्।

निर्वाचन कार्यालयको पछिल्लो मतपरिणाम अनुसार, श्रेष्ठले ३८ सय ८ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्धी एमालेकी उम्मेदवारले २४ सय ७७ मत प्राप्त गरिन। त्यसैगरी परियारले ३७ सय ७४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले २४ ५८ मत प्राप्त गरे। यसैगरी माओवादीकी शर्माले ३६ सय ६० मत प्राप्त गरी विजयी भएकी छिन्।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update