हिमाल दैनिक
कोशी प्रदेशबाट राष्ट्रिय सभामा सिटौला विजयी

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला झिनो मतअन्तरले विजयी भएका छन्।

आज सम्पन्न निर्वाचनमा प्रदेश सभामा सत्ता गठबन्धनकै २ जना प्रदेश सभा सदस्यले मत नदिएर राप्रपाका उम्मेदवार उद्धव पौडेलभन्दा तीन मतले पछि परेका सिटौला स्थानीय तहका प्रमुख र उपप्रमुखको मतका कारण राष्ट्रिय सभामा विजयी भएका हुन्। सिठौलाले कुल खसेको मतको ५ हजार २ सय ९२ मतभार प्राप्त गरे भने पौडेलले ४५ सय ६२ मतभार प्राप्त गरे।

उनले स्थानीय तहको १०९ मत प्राप्त गरेपनि एमालेको मत पाउने आश्वासनमा सहकार्य गर्न पुगेका राप्रपा उम्मेदवारलाई स्थानीय तहको मत सोचे अनुसार नआएपनि उनी पराजित भए।

यसअघि महिला तर्फ गठबन्धनकै मत नपाएपछि माओवादी केन्द्रकी चम्पादेवी कार्की एमाले उम्मेदवार रुक्मिण्ी कोइरालासँग पराजित भएकी थिइन्।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update