हिमाल दैनिक
सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिममा प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।

राष्ट्रिय सभा सदस्यका लागि आज भएको मतदानमा गठबन्धनको तर्फबाट अन्य र अपाङ्गतर्फ नेपाली कांग्रेसका बलदेब बोहोरा र नारायणदत्त भट्टसँगै महिला समूहमा नेकपा माओवादी केन्द्रकी रेनु चन्द निर्वाचित भएका हुन्। उक्त प्रदेशमा गठबन्धनको पक्षमा रहेको ४४५७ मतभारमध्ये करिब करिब सबै मत गठबन्धनको पक्षमा परेको छ।

अपांगतर्फ कांग्रेसका भट्टले ४ हजार ४१९ मत पाएर विजयी भए भने अन्यतर्फ कांग्रेसकै बोहराले ४ हजार ३४७ मत प्राप्त गरी निर्वाचित भए।

त्यसैगरी महिला समूहमा माओवादी केन्द्रकी चन्दले ४ हजार ४५३ मत प्राप्त गरेर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update