हिमाल दैनिक
विश्व शान्ति तथा सर्वलोकको कल्याणका लागि हजार अर्पण पूजा

विश्व शान्ति तथा सर्वलोकको कल्याणका लागि काठमाडौंको बौद्धमा हजार अर्पण पूजा आयोजना गरिएको छ।

काठमाडौंमा रहेका बिभिन्न गुम्वा, डोल्पाली बासिन्दा लगाएतको उपस्थितिमा  आइतबार हजार अर्पण पूजा आयोजना गरिएको हो।

महामहिम कुन्खेन लोङ्छेन राब्जामको परीनिर्वाणा अर्थात समृति दिवसको अवसरमा पूजा आयोजना गरिएको हो आयोजकहरुले बताएका छन्।

पाल्युल छोक्टुल रिन्पोछेको उपस्थितिमा भएको पूजापछि गरिब दिन दुःखीका लागि धर्म दान गरिएको गुम्वा बिकासका बोर्ड सदस्य आचार्य निमा छिरिङ गुरुङले जानकारी दिए।

कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान रहेका विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो।    

 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update