हिमाल दैनिक
पत्रकार शेषकान्त पण्डितको निधन

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको बुधबार बिहान निधन भएको छ।

विगत केही समयदेखि आन्द्राको क्यान्सर रोगबाट ग्रसित ४७ वर्षिय पण्डितको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ः०० बजे उहाँको निधन भएको परिवारका सदस्यले जनाएका छन्।

तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न रहँदै आएका थिए।

पण्डितको पार्थिव शरिरमा आजै बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गर्नु अघि तनहुँबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी तथा अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले फूलमाला र अविर चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update