हिमाल दैनिक
महासमिति बैठक गर्न देउवा बनाए केन्द्रीय सदस्य रुंगटाको संयोजकत्वमा आर्थिक उपसमिति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठक सम्पन्न गर्न केन्द्रीय सदस्य अनिलकुमार रुंगटाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरेका छन्।

पार्टीको फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमिति बैठक तयारी मूल समितिका संयोजक समेत रहेका सभापति देउवाले सोमबार केन्द्रीय सदस्य रुंगटाको संयोजकत्वमा आर्थिक उपसमिति गठन गर्दै उक्त उपसमितिमा सदस्यहरुको समेत चयन गरेका छन्।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, उपसमितिको सदस्इहरुमा केन्द्रीय सदस्यद्वय उमेश श्रेष्ठ र मोहन आचार्यका अतिरिक्त वाग्मती प्रदेश कार्यसमितिका सदस्य इन्द्रबहादुर बानियाँ र प्रतिनिधि सभा सदस्य दिपक खड्का रहेका छन्।

यसअघि सभापति देउवाले आजै बिहान केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा गठित भोजन व्यवस्थापन उपसमितिमा मेखलाल श्रेष्ठ, सदर्शन घिमिरे, प्रगतिमान रञ्जित, निशान ढुंगेल, ऋषिदेव फुयाल र सम्झना भट्टराईलाई सदस्यमा मनोनयन गरेका थिए।

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update