हिमाल दैनिक
कोरियाको एआई म्यानेजमेन्ट सिस्टम सर्टीफिकेसन एलजीलाई

एलजी इलेक्ट्रोनिक्स (एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड असोसिएसन (केएसए)बाट एआई प्रबन्धन प्रणाली (एआइएमएस) सर्टीफिकेशन (आएसओ/आइईसी ४२००१) प्राप्त गरेको छ।

नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको आधिकारिक विक्रेता एलजी कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, उक्त सर्टीफिकेशन प्राप्त हुन एलजीका लागि महत्वपूर्ण कोशेढुंगा सावित भएको बताएको छ।

‘यो सर्टीफिकेशनले एलजीको एआई प्रयोग गरिएका घरेलू उपकरणमा जिम्मेवारपूर्ण तबरले एआई म्यानेजमेन्ट गरिएको र डेटा सुरक्षालाई प्राथमिकता दिएको देखाउँछ,’ विज्ञप्तिमा भनिएको छ।

एआइएमएस प्रमाणीकरणको अधिग्रहणले सरक्षा, निश्पक्षता, पारदर्शिता र जवाफदेहिता लगायत आफ्ना एआई उत्पादानहरु र सेवाहरुसँग सम्बन्धित सम्भावित मुद्दाहरुमा कडा नियन्त्रण सुनिश्चित गर्न एलजीको निरन्तर र व्यवस्थित प्रयासलाई स्वीकार गरेको बताइएको छ।  यस प्रमाणीकरणमार्फत एलजीले ग्राहकको विश्वास बढाउन र आफ्नो प्रतिस्पर्धात्मकतालाई बनाउने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार, गतवर्ष स्वतन्त्र सुरक्षा विज्ञान कम्पनी यूआईद्वारा वाशिङ मेसिन र ड्रायरको लागि सम्मानित हुँदै एलजीले डिप लर्निङ एआई प्रमाणीकर प्राप्त गर्ने पहिलो गृह उपकरण निर्माताको रुपमा आफूलाई अलग प्रमाणित गरेको थियो। साथै एलजीले कारिया इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइटेक)बाट एआईमा आधारित एलजी वासटावरको लागि एआई सेफ्टि सर्टीफिकेशन प्राप्त गरेको थियो।

‘यस प्रमाणीकरणले हामी एक व्यापक एआई व्यवस्थापन प्रणाली स्थापना गरेका छौँ र हाम्रा ग्राहकहरुलाई राम्रो जीवनको लागि सुरक्षित, जिम्मेवार एआई–आधारित समाधानहरु प्रदान गर्न प्रतिबद्ध छौँ भनेर देखाउँछ,’ एलजी इलेक्ट्रोनिक्स होम एप्लायन्स र एयर सोलुशन कम्पनीका अध्यक्ष ल्यु जे–चलले भनेका छन्।

एलजीले नेपालमा विगत ३५ वर्षदेखि दिगो तथा वातावरण मैत्री प्रविधियुक्तका साथै विगत केहीवर्षदेखि एआई सम्मिलित उत्कृष्ट उत्पादनहरु भित्र्याएर ग्राहकको उच्चतम सन्तुष्टि हासिल गरिरहेको छ।

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update