हिमाल दैनिक
सत्ता बहिर्गमनपछिको स्थितिबारे छलफल गर्न सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

वर्तमान सत्ता गठबन्धनलाई तोड्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलसँग नयाँ सत्तासमिकरणको प्रक्रिया अघि बढाएपछि सत्ताच्यूत हुनेस्थितिमा पुगेको कांग्रेसले वर्तमान राजनीतिक परिस्थितिसँगै भावी राजनीतिक रणनीतिको विषयमा छलफल गर्न सभापति देउवाले मंगलबार आफ्नो निवासमा कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

कांग्रेसका एक नेताका अनुसार, सोमबार बिहान पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँगको अनौपचारिक छलफल पश्चात सभापति देउवाले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मंगलबार कार्यसम्पादन समितिको बैठक बोलाउन सबै पदाधिकारी तथा कार्यसम्पादन समितिमा रहेका सदस्यहरुलाई सूचना पठाउन निर्देशन दिए अनुसार, आफूहरुलाई बैठकमा बोलाइएको छ।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update