हिमाल दैनिक
पप जी र फ्री फाएरको विकृति तत्काल रोक्न गम्भीर बनौँः सांसद न्यौपाने

नेपाली कांग्रेसकी नेतृ एवं सांसद ईश्वरी न्यौपानेले पछिल्लो समय कलिला बालबालिकाहरु मोबाइल र कम्प्युटरमा आउने पप जी र फ्री फायर जस्ता गेममा अल्झिएर विकृतीको बाटोमा जान लागेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा एक जना बच्चाको आमाले आफूसँग आएर आफ्नो छोारले मोबाइलमा गेम खेलेकै कारण बैंकमा राखेको पैसा समेत सकिएको गुनासो गरेको प्रसंग उल्लेख गर्दै न्यौपालेले त्यी महिलाले यसप्रकारका कुलतबाट बालबालिकालाई बचाउने उपायको तत्काल खोजि गर्न माग गरिन्।

रातको समयमा पनि बच्चाहरु मोबाइल गेम खेल्दै अवेरसम्म कराउँदा पनि सहन बाध्य आमाको गुनसो उदृत गर्दै भनिन्, ‘छोराले मोबाइलमा खेलेको गेमको कारण बैङ्कमा राखेको पैसा सकियो, राती अबेलासम्म कराइरहदा त सहेकै थिए, अब त बैङ्कको पैसा पनि सकिन थाल्यो अब के गर्ने भन्नुभयो।’

सांसद न्यौपानेले थप्दै भनिन्, ‘बच्चाहरुले खेल्ले पप जी र फ्री फाएर जस्ता गेमले बच्चाहरुमा विकृति ल्याएकोले यस्ता विकृति रोक्न र बच्चाहरूलाई रचनात्मक काममा लगाउन गम्भीर भयर सोचौँ। एवं सरकारले पनि यस तर्फ गम्भीर भएर कदम चालोस, सभामुख मार्फत ध्यानाकर्षण गराउँदछु।’

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update