हिमाल दैनिक
माओवादी उपाध्यक्ष महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको इजालसले महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई सोमबार अनुमति दिएको हो।

सोमबार पक्राउ परेपछि काठमाडौंस्थित सिआइवी कार्यालयमा पुर्याइएको महरालाई सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा उपस्थीत गराइएको थियो।

सरकारी वलिकको कार्यालयले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति माग गरेपनि अदालतले चार दिनको म्याद दिएको हो।

प्रहरीले महरालाई सोमबार बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याएको थियो।  सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख समेत रहेका महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो।

उक्त प्रकरणमा महराका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन्। राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुनलाई बुटबलस्थित सुप्रिम सहकारीको रकम हिनामिनाको सम्बन्धमा छानविन र अनुसन्धानका लागि केही दिनअघि पक्राउ गरी बुटबल गगिसकिएको छ।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update