हिमाल दैनिक
गृहमन्त्री लामिछानेलाई तत्काल पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष कांग्रेसको माग

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन प्रतिनिधि सभामा उपस्थित भएका छन्।

मंगलबार निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलोगरी सुरु भएको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उभिएर विरोध जनाए।

त्यसपछि सभामुख घिमिरेले दिपक गिरीलाई संक्षिप्तमा आफ्ना कुरा राख्न समय दिए।

सांसद गिरीले मुलुकलाई कता कता अराजकतातर्फ लान खोजिएको भान भइरहेको भन्दै अहिले पनि सहकारी पीडित र मिटरव्याज पीडितहरुको न्यायका लािग राज्य गम्भीर नभएको आरोप लगाए।

उनले पोखराको सूर्यदर्शन सहकारी र बुटबलस्थित सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा रवि लामिछाने र माओवादी निकट विद्यार्थी नेता दिपेश पुन लगायत १८ जना विरुद्ध पीडितहरुले उजुरी दिएकोमा अहिले पुन पक्राउ परेपनि लामिछाने गृहमन्त्री नियुक्त भएको भन्दै विरोध जनाए।

उनले सहकारी ठगीको आरोप लागेकै व्यक्ति लामिछानेलाई गृहमन्त्री बनाएर रकम हिनामिनाको अनुसन्धान र छानविन निश्पक्ष हुन नसक्ने भन्दै तत्काल गृहमन्त्री पदबाट हटाउन माग गरे।

उनले सहकारी ऐनको विद्यमान कानून बमोजिम सहकारीको सदस्य नभएको व्यक्तिले करोडौँ रुपैयाँ लिन मिल्दैन र लिएको खण्डमा कानून बमोजिम कारबाहीको व्यवस्था रहेपनि अहिले सत्ता स्वार्थका कारण प्रधानमन्त्री दाहालले मन्त्री बनाएको र टेलिभिजनमा अन्तरवार्ता दिँदै बचाउ गर्न खोजेको आरोप लगाए।

जिबी राई र लामिछानेले सूर्यदर्शन, सुप्रिम सहकारीदेखि चितवनको साहारा सहकारीबाट करोडौँ रुपैयाँ लिएर गोरखा मिडिया प्रा.लि.बाट संचालित ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको भन्दै लामिछानेले तत्काल पदबाट राजीनामा नदिएसम्म प्रतिपक्षी चुप लागेर नबस्ने चेतावनी दिए।

 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update