हिमाल दैनिक
प्रहरीद्वारा डेढ अर्ब ठगीको आरोपमा पक्राउ परेको सीबी लामालाई सार्वजनिक

प्रहरीले सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा प्रकाउ गरेका चन्द्रबहादुर तामाङ (सीबी लामा) लाई सार्वजनिक गरेको छ।

प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्र्दै पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा बचतकर्ताको डेड अर्व भन्दा बढि रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका लामालाई सार्वजनिक गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामामाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८५२ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा ५४ जनाको निवेदन परेको जानकारी दिए।

प्रहरी वृत्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भई दुई÷तीन महिनादेखि नै फरार रहेको अवस्थामा लामालाई जेठ १८ गते चितवनबाट पक्राउ गरिएको उनले बताए।

प्रहरीले सार्वजनिक गर्ने क्रममा पक्राउ परेका लामाले आफुमाथि झुठो आरोप लगाइएको भन्दै आफ्ना विरुद्धमा ८ अर्ब ठगेको आरोप लगाउने मिडियाहरुले यसबारे सत्य तथ्य बाहिर ल्याउन चुनौति दिँदैआफूलाई अदालतले न्याय दिने दावी गरे।

२०५५ देखि ७६ सालसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहेका लामा एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष हुन नपाउने नियम लगाएपछि राजीनामा दिएको प्रहरीले जनाएको छ। उनको बिभिन्न प्रहरी इकाइहरुमा गरि अन्य चार वटा बैंकिङ कसुरको मुद्दा चलेको र तीन वटा मुद्दामा फरार रहेको पाइएको समेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update