काठमाडौंको कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्।
बिहीबार बिहान करिव ९ वजेतिर शानदार मःमः पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको हो। उक्त दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ग्याँस सिलिण्डर विष्फोट भएपछि पसलमा आगलागी भएको थियो। उक्त घटनामा परि घाइते भएका विरामीमध्ये ९ जनाको हिमाल अस्पताल र दुई जनाको कीर्तिपुरस्थीत बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ग्याँस सिलिण्डर विष्फोटको कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
Thursday, Feb 06