हिमाल दैनिक
सिरहामा महायज्ञको नाममा दलित समुदायमाथि अत्याचार गर्नेविरुद्ध कारबाही गर्न सांसदको माग

सांसदहरुले सिरहाको औरहीमा महायज्ञको नाममा दलित समुदायमाथि अत्याचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मीक समयसँगै शून्य समयमा बोल्दै उनीहरुले सरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञको नाममा दीपक मलिक (डोम)को घर भत्काइएको भन्दै आपत्ति जनाएका हुन्।

साथै उनीहरुले दलित समुदायमाथि अत्याचार गर्नेलाई कारवाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन्।

आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलिप यादवसहितका व्यक्तिहरुबाट मिलेमतोमा उक्त कार्य भएको भन्दै दोषीलाई कानून बमोजिम कारवाही गर्न माग गरे।
साथै उनले पीडित परिवारलाई न्याय दिन पनि माग गरे।

त्यस्तै सांसद मनिष झाले औरहीमा महायज्ञको नाममा दलित समुदायमाथि अत्याचार भएको घटनाको भत्र्सना गर्दै यसमा संलग्नलाई कारवाही गर्न माग गरे।

सांसद अब्दुल खानले चैत्र १७ देखि हुन लागेको विष्णु महायज्ञलागी पूजास्थल नजिकै रहेको दीपक मलिक (डोम)को घर भत्काएपछि विस्थापित हुन पुगको बताए।

दलितपरिवारलाई उठीबास लगाउने गैरकानूनी हकर्त हुँदा पनि स्थानीय प्रशासन मौन बसको भन्दै उनले आपत्ति जनाए।

त्यस्तै अन्य सांसदहरुले पनि दलितको घर भत्काएर महायज्ञको तयारी गरिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

 

Thursday, Mar 20