हिमाल दैनिक
पाँच हप्तादेखि रिक्त गभर्नर पदमा चाँडै नियुक्ति हुने मन्त्री गुरुङको दाबी
file photo

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले केहि दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने विश्वास व्यक्त गरेका छन्।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले गभर्नर नियुक्तिका लागि पुरानो सिफारिस समिति बिघटन गरि नयाँ सिफारिस समिति गठन भएकाले अव दुई–चार दिनमै नयाँ गभर्नर नियुक्त हुने बताए।

उनले चाँडो भन्दा चाँडो नियुक्त सम्पन्न गर्न नयाँ सिफारिस समिति गठन भएकाले अब ढिलाई नहुने दाबी पनि गरे।

गते चैत २५ गतेदेखि रिक्त रहँदै आएको राष्ट्र बैंकको गभर्नर पदमा नयाँ नियुक्तिका लागि सरकारले विद्यमान कानून बमोजिम प्रक्रिया सुरु गरी टुंगो लगाउन नसक्दा गभर्नर जस्तो पद र प्रतिष्ठामाथि भद्दा मज्जाक भइरहेको छ।

यही क्रममा सरकारले बुधबार ऐनको प्रावधान विपरित गभर्नर सिफारिस समितिमा पूर्व गभर्नरको सट्टा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई पुनः समावेश गरी समिति गठन गरेको थियो।

त्यस्तै प्रवक्ता गुरुङले जलवायु परिवर्तनले नेपालमा पारेको असरका बारेमा विश्वसामू उजागर गर्न सगरमाथा सम्वादको आयोजना गरिएको जानकारी दिए।

जलवायु परिवर्तनबाट देखिएका समस्या सामनाका साथै यसलाई न्यूनिकरण गर्न साझा प्रतिवद्धता आवश्यक देखिएको उनले बताए।

त्यस्तै बैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने निर्णय भएको जानकारी दिए।

यसका लािग गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको उनले बताए।

बैठकले नेपाल प्रहरीका बरिष्ठ नायव निरिक्षकहरुको तलबमान तथा ग्रेड समायोजन गर्ने, सहकारी नियमन प्राधिकरणको आर्थिक बर्ष २०८१÷८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

मन्त्रिपरिषद्ले दमक भ्यू टावर हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ भने औद्योगिक सम्पतीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update