हिमाल दैनिक
राजवादीको ‘मिथ्या प्रोपगण्डाले’ कांग्रेस सभापति देउवा पनि दिक्क!

नेपाली कांग्रेस पार्टी विशेषगरी सभापति शेरबहादुर देउवा सस्तो लोकप्रियताका लागि कुनै पनि विषयमा मिडियावाजी गर्न अथवा सामान्यतयः कुनै पनि समाचारका विषयलाई लिएर वादप्रतिवाद वा खण्डनमण्डनमा उत्रने स्वभाव नै छैन।

चाहे त्यो पार्टीभित्रका विषयमा होस् वा आफ्नैै व्यक्तिगत गम्भीर सवालमा मिडियाले दिनहुँजसो समाचार बनाएर आफू र आफ्नो पार्टीको साखमाथि आँच पुर्याएकै अवस्थामा पनि न त कांग्रेस पार्टीको सचिवालयबनट न त स्वयं देउवाकै निजी तहबाट त्यसको प्रतिवाद नै हुने गर्दछ।

परिणाम स्वरुप कतिपय अवस्थामा गलत र तथ्यहिन विषयमा पनि कांग्रेससँगै यसको नेतृत्व पनि आलोचित हुने गरेको छ।

तर, पछिल्लो समय पूर्वपञ्च र राजावादीहरुको तर्फबाट कांग्रेस पार्टी र यसको नेतृत्वलाई अनावश्यक हल्ला र विवादको भूमिरीमा तान्ने कोशिश भएपछि सभापति देउवा र उनको सचिवालयले गम्भीरताकासाथ लिँदै त्यसको प्रतिवादमै उत्रिएको छ।

विशेषगरी राजसंस्थाको पुनस्थापना र हिन्दु राष्ट्रको स्थापनाको नारा दिँदै पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले ‘संवैधानिक राजसंस्थाप्रति लचिलो बन्दै कांग्रेस’ भन्दै त्यसका लागि आफू ज्ञानेन्द्रका नातिलाई संवैधानिक राजा मान्न आफू तयार भएको सन्देश सभापति देउवाले निर्मल निवास पठाएको समाचार प्रकाशित भएपछि यसप्रति कांग्रेसले गम्भीर आपत्ति प्रकट गरेको छ।

समाचारको खण्डन गर्दै पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाको धारणा भनि राजसंस्थाकाबारेमा प्रकाशित समाचार ‘भ्रामक र कपोलकल्पित’ भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

बिहिबार एक विज्ञप्ति जारी गर्दै मुख्यसचिव पौडेलले ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलव्धी अर्थात् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र सम्वद्र्धन गर्दै नागरिकहरूलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको बताएका छन्।

‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनि संचार माध्यममा गलत सूचना संप्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो। उहाँले कहि कतैं नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आम संचारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो। जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ पौडेलले विज्ञप्तिमार्फत भनेका छन्।

नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न प्रतिवद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आम नागरिकलाई अपिल गर्दै कांग्रेसले अव्यक्त कुरा संचार माध्यममा सम्प्रेषण नगर्न संचारकर्मीहरुलाई पनि आग्रह गरेको छ।

Jestha 08, condemned_rajsanstha_news1747908954.jpg

 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update