हिमाल दैनिक
जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अफ्ताव आलमले पाए उच्च अदालतबाट सफाई

बहुचर्चित रौतहट काण्डमा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय भोगिरहेका कांग्रेसका पूर्वसांसद अफ्ताव आलमले सफाई पाएका छन्।

पहिलो संविधान सभा सदस्य निर्वाचनको अघिल्लो दिन ०६४ चैत २७ गते बम बनाउने क्रममा विस्फोटन हुँदा घाइते भएका २३ जनालाई जीउँदै इट्टाभट्टामा जलाएर मारेको आरोपमा जेलसजाय भोगिरहेका आलमविरुद्धको आरोपमा प्रमाण पुष्टी हुन नसकेकेको भन्दै उच्च अदालत वीरगञ्जलेले उनलाई सफाइ दिएको हो।

घटनामा घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसिस अस्करलाई ट्याक्टरमा हाली इट्टाभट्टामा जलाइएको भन्ने आरोपमा पनि प्रमाणबाट पुष्टी गर्न वादी पक्षले नसकेकोसहितका कारण देखाई उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जन महर्जनको इजलासले सफाइ दिएको जानकारी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्चका रजिष्ट्रार दिपक भण्डारीले दिएका हुन्। 

आलमविरुद्ध ०७६ कार्तिक १८ गते किटानी जाहेरी दर्ता भएको थियो। जसलाई जिल्ला अदालत रौतहटले दोषी करार गर्दै उनीसहित उनका भाई महताव आलम, शेष सरोज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएपछि उनीहरु कारागार चलान भएका थिए।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update