
सीजी इलेक्ट्रोनिक्सले संचालनमा ल्याएको क्रम्पटन ‘नयाँ वर्षको ठूलो हर्ष’ शीर्षको उपभोक्ता अभियान अन्तर्गत मासिक लक्की ड्र विजेताको नाम सार्वजनिक गरेको छ।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले यही जेठ ११ गते क्रम्पटनको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्दै देशभरीबाट सहभागी भएका उपभोक्ताहरुको विवरणलाई लक्की ड्र मार्फत छनौट गर्दा रुपा अकोलियालाई यस महिनाको विजेता घोषणा गरेको हो।
चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सका उपकरणहरुको आधिकारिक डिलरमार्फत ग्राहकहरुले क्रम्पटन ब्राण्डका उत्पादन खरिद गरी त्यसमा उपलब्ध क्यूआर कोड स्क्यान गरी दर्ता गरेकेो आफ्नो विवरणलाई कम्पनीले र्यान्डम प्रणालीबाट गरेको छनौट प्रक्रियामा अकोलिया विजेता घोषित भएकी हुन्।
विजेता अकोलियाले मिडिया को १० केजी तौलको वासिङ मेसिन हात पार्न सफल भएकी सीजी कम्पनीले बताएको छ।
क्रम्पटन ग्रीएभ्स कन्ज्युमर इलेक्ट्रिक्स लिमिटेड ८६ वर्षभन्दा बढी लामो इतिहास बोेकेको भारतकै नम्बर १ पंखा ब्राण्ड हो भएको सीजीले बताएको छ।
यसले घरायसी प्रयोगका लागि पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ। टिकाउ, उर्जासक्षम र प्रयोगमैत्री डिजाइन क्रम्पटनका प्रमुख विशेषता हुन्।
चौधरी समूह अन्तर्गतको सीजी इलेक्ट्रोनिक्स कम्पनीले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत क्रम्पटन लगायतका अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी उपकरणहरू बिक्री वितरण गर्दै आएको छ।
जसले आफ्ना उपभोक्ताहरुलाई आफ्नो उपकरणहरु खरिदका लागि आकर्षित गर्न क्रम्पटनका उत्पादन खरिद गरी त्यसमा उपलब्ध क्यूआर कोड स्क्यान गरी विवरण पठाएर कम्पनीले संचालनमा ल्याएको क्रम्पटन ‘नयाँ वर्षको ठूलो हर्ष’ उपहार योजनामा सहभागी हुन अनुरोध गरेको छ।