हिमाल दैनिक
सहमतिको छाँट नदेखेपछि विपक्षीलाई पेलेरै सदनको कारबाही अघि बढाउने तयारीमा सत्तापक्ष

भिजिट भिसा प्रकरणको विषयलाई लिएर सदनको कारबाही अवरुद्ध पार्दैआएको विपक्षी दलहरुसँग पटक पटकको वार्ता र छलफलका बाबजूद सहमतिको वातावरण नबनेपछि सत्तापक्षले विपक्षीलाई पेलेरै भएपनि आजदेखि सदनको कारबाही अघि बढाउने तयारी गरेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने लगायतका माग राख्दै जेठ दोस्रो सातादेखि निरन्तर प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्दै आएको विपक्षी दलका शीर्ष नेता र सचेतकहरुसँग विभिन्न चरणमा भएको छलफलका बाबजूद सहमति नभएपछि आजको बैठक प्रतिपक्षीले विरोध जनाएपनि सञ्चालन गर्नेतर्फ सत्तापक्षसँगै सभामुख पनि तयार रहेको सन्देश दिएका हुन्।

सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफल गरेका थिए। 

बैठकपछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएपनि नआएपछि प्रतिनिधि सभाको बैठक सञ्चालन हुने जानकारी दिएपछि आजको संसद बैठकमा सभामुखले विपक्षीको नारावाजीका बाबजूद सदनको कारबाही अघि बढाउने प्रबल सम्भावना बढेर गएको हो।

प्रतिपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर, असहयोग गरे बिरोधकाबीच संसद सञ्चालन हुने उनले बताए।

घिमिरेले अहिलेसम्म प्रतिपक्षी आफ्नो अडानबाट पछि नहटेको जानकारी पनि दिए।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघि सूचना टाँस गरि संसद स्थगीत गर्ने काम अब नहुने बताए।

उनले सूचना टाँस गरि बैठक स्थगित हुने हिजोको निरन्तरता नहुने भन्दै बजेटमाथिको छलफल आरम्भ हुने, निजामति विधेयक पेश हुने जानकारी पनि दिए।

अब संसदका समग्र प्रक्रिया अघि बढ्ने र यसमा प्रतिपक्षीले सहयोग गर्ने उनले बताए।

छलफलमा सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए।

 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update