हिमाल दैनिक
टेलिकमको विलिङ्ग सिस्टममा भ्रष्टाचार गरेको आरोपमा प्रबन्ध निर्देशक पहाडीसति १८ जनाविरुद्ध मुद्दा दायर

नेपाल टेलिकमको विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियारले आइतबार विशेष अदालतमा टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, तत्कालीन प्रमुख व्यावसायिक अधिकृत हालकी प्रबन्ध निर्देशक संगिता पहाडी लगाएत १८ जनाविरुद्ध नेपाल दूरसञ्चार कम्पनी लिमिटेड÷सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी नोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो ।

अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख १७ हजार ४ सय ३०  रुपैयाँ बिगो मागदाबी गरेको छ भने बिगोमध्ये खर्च भएको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैया प्रतिवादीबाट असुलउपर गर्र्न अख्तियारले मागदाबी गरेको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।

टेलिकमको नयाँ विलिङ्ग प्रणाली खरिदमा अनियमितता भएको आरोप पत्रमा देखिएको रेम्मीले बताए।

विगतमा स–साना मुद्दाहरुको पोको लिएर ठूला माछालाई उन्मूक्ति दिँदै आएको आरोप लगोको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय भने टेरामोक्स, पतञ्जली जग्गा प्रकरण जस्ता विषयमा मुद्दा दायर गरेर आफ्नो गति बढाइरहेको छ। 

 

Sunday, Jun 08