
भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको यात्रुबाहक विमान दुर्घटना हुँदा ठूलो संख्यामा हताहत भएको समाचार छ।
बिहिबार अपरान्ह स्थानीय समय अनुसार, करिब साढे १ बजे २४२ याुत्र लिएर लण्डनका लागि उडेको विमान दुई मिनेट नहुँदै विमानस्थल नजिकैको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा भिषण आगलागी भएको थियो।
भारतीय संचारमाध्यमहरुका अनुसार, विमानमा १६९ भारतीय नागरिक यात्रा गरिरहेका थिए, जसमध्ये गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि रहेको बताइएको छ। यसका अतिरक्त ५३ बेलायती तथा ५ पोर्चुगिज नागरिक रहेको पनि समाचारहरुले बताएका छन्।
भारतीय संचारमाध्यमहरुले दिएको जानकारी अनुसार, अहिलेसम्म एक सय जना मृतक यात्रुको शब घटनास्थलबाट निकाली अस्पतालतर्फ लगिएको छ भने भिषण आगलागीका कारण उक्त जहाजमा सवार विरलै यात्रुलाई सकुशल या जिवितै उद्दार गर्न सकिने सम्भावना रहेको बताइएको छ।
भारतीय सरकारले उक्त घटनाको विस्तृत छानविन गर्न सम्बन्धित निकायलाई खटाइसकेको बताइएको छ।