हिमाल दैनिक
दिलभुषण पाठकलाई गैरकानूनी पक्राउ नगर्न उच्च अदालत पाटनको आदेश

उच्च अदालत पाटनले पत्रकार दिलभुषण पाठकलाई तत्काल गैरकानूनी पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। 

पाठकले जेठको दोस्रो साता प्रसारण गरेको युट्युव भिडियोमा उल्लेखित समाचारको वैधानिकतामाथि प्रश्न उठाउँदै साइबर अपराध व्युरोले पक्राउ पुर्जी जारी गर्न अनमति माग गरेपछि जिल्ला अदालत काठमाडौंले जेठ २७ गते जारी गरेको पक्राउ पुर्जी आदेशविरुद्ध पाठकले उच्च अदालतमा दिएको निषेधाज्ञाको निवेदनमाथि सोमबार अदालतले गैरकानुनी पक्राउ नगर्न अल्पकालीन आदेश जारी गरेको हो।

हिल्टन होटल खरिदबारे तथ्यहिन समाचार प्रकाशित गर्दै आफ्नो चरित्र हत्या गर्ने कार्य गरेको आरोप लगाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीरसिंह देउवाले नेपाल प्रहरीलको साइबर अपराध व्युरोमा दिएका थिए।

पत्रकार र कुनै पनि मिडियाको संचालनका लागि सरकारी कानून र नियम बमोजिम सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता अनिवार्य व्यवस्था भएपनि पाठकले दर्ता नै नगरी युट्युव च्यानल चलाउँदै समाचार प्रसारण गरेको विषयलाई विद्युतीय कारोबार सम्बन्धी अपराध ऐनको दफा ४७ बमोजिम कारबाही अघि बढाउन प्रहरी व्युरोले जिल्ला अदालत काठमाडौंबाट अनुमाति माग गरेको थियो।

पाठकलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि पाठक प्रहरीको पहुचबाहिर रहँदै आएका थिए।

आइतबार पाठकको परिवार तथा उनको पक्षले जिल्ला अदालतको पक्राउ पुर्जी खारेजीको मागसहितको उत्प्रेषणको आदेश माग गर्दैै रिट दायर गर्न चाहेपनि अदालतले नमानेपछि निषेधाज्ञाको निवदेन दर्ता गरेका थिए।

उक्त रिट निवेदनमाथि सोमबार उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पाठकको पक्षबाट कानूनविदहरुले बहस गरेपछि अदालतले असार ५ गतेसम्म पाठकलाई गैरकानूनी रुपमा पक्राउ नगर्न विपक्षीका नाममा अल्पकालीन आदेश जारी गरेको हो।

यसरी उच्च अदालतले जारी गरेको अल्पकालीन आदेशले पाठकलाई ५ गतेसम्म गैरकानूनी रुपमा पक्राउ नगर्न भनेपनि जिल्ला अदालत काठमाडौंले साइबर व्युरोलाई दिएको पक्राउ पुर्जीलाई गैरकानूनी ठहर भने गरिसकेको छैन।

यसैगरी अन्तरिम आदेशबारे छलफल गर्न अदालतले असार ५ गतेका लागि दुबै पक्षलाई यसबारे अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्नेबारे छलफलका लागि उपस्थित हुन भनेको छ। 

जेठको दोस्रो साता पत्रकार पाठकले आफ्नो व्यक्तिगत युट्युव च्यानलमार्फत हिल्टन होटल सभापति देउवा पुत्र जयवीरले खरिद गरेको भन्दै उनको देशभित्र र बाहिर विदेशमा पनि वैद्यअवैद्य व्यापार व्यवसाय रहेको समाचार सुत्रको हवाला दिँदै प्रसारण गरेका थिए।

उक्त समाचारबारे हिल्टन होटल संचालक समूह शंकर ग्रुपले विज्ञप्तिमार्फत खण्डन समेत गरिसकेो छ।

96bffb1e-e49a-4b15-888a-7b8bdad9341c1750076555.jpg

प्रकाशित मिति: सोमबार, असार २, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update