
एलजी नेपाललले विश्वव्यापी नवप्रवर्तनको अभियान अन्तरगत सुरु भएको ‘स्नेही बौद्धिकता’ (बाभअतष्यलबतभ क्ष्लतभििष्नभलअभ)लाई नेपालमा पनि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ।
चौधरी ग्रुप अन्तरगतको सी.जी. इलेक्ट्रोनिक्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको कृत्रिम बौििद्धकता (एआई)को यो अभियान अब नेपालमा पनि सुरु गर्दै भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको कृत्रिम बौदिकताको सुरुवात गराउन लागिएको हो।
असार १३ मा डिलरहरूको लागि र असार १४ मा सर्वसाधारणका लागि आयोजना गर्न लागिएको कार्यक्रम दुई दिनसम्म चल्ने छ।
कार्यक्रममा सहभागिहरूले एलजीको नयाँ पुस्ताको एआई इनोभेशन (परिवर्तन) प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्। जसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने र ख्याल गर्ने उद्देश्य समेत राख्दछ।
एफेक्सोनेट इन्टेलिजेन्स केबल उत्पादनको प्रदर्शन मात्र नभई प्रविध िर मानवबिचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने एलजीको दृष्टिकोण हो सजले उत्तरदायितव, सम्बन्ध र विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्ता मैत्री भविश्यतर्फको यात्रा प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ।
नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै एलजी र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एउटा ऐतिहासिक उपलब्धि हुने बताइएको छ।
चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले यो अभियान कम्पनीका लागि निकै गर्वको क्षण भएको बताएका छन्।
साथै उलने भनेका छन्, ‘एलजीसँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो। दशकौसम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घरघरमा विश्वस्तरीय प्रविधि ल्याएको छ। अब एफक्सोनेट इन्टेलिजेन्समार्फत मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौं, जहाँ प्रविधि अझ मानवीय, अझ बौद्धिक र अझ प्रभावकारी बन्नेछ।’
एलजी र सीजीबीचको सम्बन्धले विश्वास, नवप्रवर्तन र प्रयोगकर्ता मैत्री डिजाइनको आधारमा नेपालमा नेतृत्व कायम गर्दै आएको छ। आगामी प्रदर्शनीले प्रविधिको मानवीय भविष्य कस्तो देखिन्छ भन्ने झलक दिनेछ।
सर्वसाधारणलाई असार १४, शनिबार बिहान ११ बजेबाट साँझ ५ बजेसम्म ललितपुरको द प्लाजामा आयोजना हुने यो अभियानमा सहभागी हुन पनि अपिल गरेको छ।