हिमाल दैनिक
सर्वोच्च अदालतका तीन प्रस्तावित न्यायाधीशसहित न्यायपरिषद सदिस्यको नाम अनुमोदन

संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशको नाम अनुमोदन गरेको छ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सर्वोच्च अदालतका प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्।

यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले तीन जनालाई सर्वोच्चको न्यायधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

त्यस्तै बैठकले न्याय परिषद सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको सभापति न्यौपानेले बताइन्।

सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीशको पदमध्ये न्यायपरिषदले सिफारिस गर्दा एक स्थान खाली नै राखेर संविधानको समावेशी, समानुपातिक प्रतिनिधित्वको सिद्धान्त र मर्म अनुसार हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्रका सदस्यहले आजको समिति बैठक बहिष्कार गरेका थिए।

माओवादी नेता जनार्दन शर्माले सिफारिस भएका व्यक्तिको नाममा कुनै आपत्ति नभएपनि कोटा खाली गरेर सिफारिस गर्नु उचित नभएको भन्दै दलीत, उत्पिडित र मधेसी कोटाबाट योग्यता पुगेका व्यक्तिलाई नियुक्तिको सिफारिस गर्न सकिने सम्भावनालाई न्यायपरिषदले वेवास्ता गरेको आरोप लगाए।

साथै उलने समावेशी र समानुपातीक व्यवस्थालाई वेवास्ता गर्नुभनेको संविधानको उलंघन भएको बिषय समितिमा राखेको उनले बताए।

बैठकले न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी बनाउने बिषयमा कानूनमन्त्री अजयकुमार चौरसियासंग समेत छलफल गरेको थियो। 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update