हिमाल दैनिक
एक मिनेटको समयमा आधा दर्जन प्रश्नको ओइरो यसरी लगाइन् कांग्रेस नेतृ न्यौपानेले
file photo

सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस डिलिसम्बन्धी अडियो प्रकरणदेखि रास्वपाले उठाउँदै आएको भिजिट भिसा प्रकरणबारे सत्तारुढ नेपाली कांग्रेसकै सांसदले पनि सदनमा गम्भीर प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सून्य समयमा बोल्दै नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपानले सरकारकै मन्त्रीले गरेको भनिएको विवादस्पद अडियो डिलबारे वास्तविकताबारे मुलुक र जनतालाई जवाफ दिन र दोषी भए कारबाहीको प्रक्रिया अघि बढाउन माग गरिन्।

विगत लामो समयदेखि रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले भिजिट भिसा प्रकरणको मुद्दालाई उठाउँदै निरन्तर सदनमा अवरोध र बहिष्कार गर्दै आएको तर्फ लक्षित गर्दै कांग्रेस सांसद न्यौपानेले रास्वपासँग ६ वटा र सरकारसँग दुई प्रश्नको जवाफ दिन चुनौती दिइन्।

उनले सम्बोधनका क्रममा भनिन्, ‘सम्माननिय सभामुख महोदय केहिदिन देखी संसद एक अर्कालाई दोषारोपण गर्ने थलोको रुपमा प्रयोग गरिरहेका छौ। म कसैलाई दोषारोपण गर्न चाहदैन तर, प्रश्न सोध्न बाध्य भए भिजीट भिषाको नाममा संसद बहिष्कार गर्ने माननिय ज्युहरुलाई१ एउटा औला अरुतिर सोझ्याउदा तपाईहरु तिर फर्किएको चारवटा औलाको उत्तर दिनुहोस्।’ 

१. तपाइहरुको सभापति भिजिट भिसामार्फत अमेरिका पुग्नुभएको हो कि हैन? 

२. भिजीट भिषामा गएको व्यक्ति विभिन्न हथकण्डा अपनाएर त्यहिको नागरिक बन्नुभएको हो कि हैन? 

३. नेपालको नागरीकता त्यागिसकेको ब्यक्ति फर्केर नेपाल आएपछि नेपाली नागरिक बन्न किन चाहनु भएन? 

४.नक्कली नागरीकता प्रयोग गरेर राज्यलाई गुमराहमा राख्दै विभिन्न पदमा बस्न,सेयर होल्डर बन्न, चुनाव लड्न, सरकारमा सामेल हुन कुन नैतिकताले दियो? 

५ अदालतको बिचाराधिन विषयलाई नै प्रभावित पार्ने गरी जुलुस नारावाजी, हस्ताक्षर जस्ता गतिविधि गर्न मिल्छ? 

६. पुर्पक्षका लागि थुनामा रहेका र निलम्बनमा परेका व्यक्ति पार्टीको सभापति र दलको नेता रहिरहन मिल्छ कि मिल्दैन? 

नैतिकताको पाठ सिकाउने नयाँ पार्टीका माननीय ज्युहरु सँग सभामुख मार्फत यस्को जवाफ माग्दछु। 

साथै उनले सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको विवादस्पद अडियो डिलबारे प्रश्न गर्दै मन्त्री र पुर्वमन्त्रीको अडियोको वास्तविकता के हो? गल्ती गरेको प्रमाणित भए राजिनामाले मात्र चोखिन मिल्दैन भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरिन्।

 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update