हिमाल दैनिक
टिसीएलको अत्याधुनिक प्रविधियुक्त नयाँ वासर ड्रायर उपकरण नेपाली बजारमा

चौधरी ग्रुप अन्तरगतको सी.जी. इलेक्ट्रोनिक्सले टिसीएल ब्राण्डको अत्याधुनिक फ्रन्ट लोड वासर र ड्रायर वासिङ मेसिन नेपाल बजारमा ल्याएको छ। 

अल–इन–वान अर्थात उपकरणले उत्कृष्ट धुलाई क्षमता, स्वच्छता र सुविधा प्रदान गर्दै घरायसी लुगा धुने प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्दै उक्त उपकरण सार्वजनिक गरिएको सी.जी. इलेक्ट्रोनिक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आधुनिक जीवनशैलीको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको उक्त टिसीएल सी७११०डब्ल्यूडीजी कोड नम्बर उल्लेखित उपकरणमा १० केजी धुलाई र ७ केजी सुकाउने क्षमताको साथमा धेरै स्मार्ट विशेषताहरू समेटिएको छ। जसले सहजै लुगा धुन र सुकाउन मद्दत गर्दछ। 

उक्त आधुनिक उपकरणका प्रमुख विशेषताहरुमा स्मार्ट डीडी मोटर पहिलो रहेको छ। उक्त उपकरणको मुख्य भागमा डाइरेक्ट–ड्राइभ इन्भर्टर मोटर रहेको छ। यो उन्नत प्रविधिले शान्त र अत्यधिक ऊर्जा(दक्ष प्रदर्शन सुनिश्चित गर्नुका साथै १० वर्षको वारेन्टीसहित उत्कृष्ट टिकाउपन प्रदान गर्ने कम्पनीको दाबी छ।

दोस्रो विशेषताका रुपमा रहेको हनीक्ब ड्रम संरचनाले कपडालाई क्षति हुनबाट जोेगाउनुकासाथै पटक पटकको धुलाइका बाबजूद लगालाई सधैँ नयाँ झैं टल्काइदिने बताइन्छ। 

यसैगरी अन्य विशेषताका रुपमा कठिन दागलाई पनि सहजै हटाउने तथा एयर वासको प्रविधिले तातो हावा प्रयोग गरी पानी र डिटर्जेंटबिनै कपडालाई ताजा राख्ने, चाउरिन कम गर्ने र गन्ध हटाउने काम गर्दछ, जुन हल्का लगाएका कपडाहरूको लागि उपयुक्त मानिन्छ।

यसका अतिरिक्त, यो मेसिनले सामान्य धुलाईभन्दा माथि उठेर काम गर्छ। यसमा रहेको स्टीम वास प्रणालीले बाफ प्रयोग गरी कपडाको भित्री भागसम्म पुगी ९९.९ प्रतिशत सम्मका ब्याक्टेरिया र एलर्जी कारकहरूलाई हटाएर पूर्ण रूपमा स्वच्छ र स्वस्थ धुलाई सुनिश्चित गर्दछ।

स्वास्थ्यप्रति सचेत परिवारहरूको लागि यो एक महत्त्वपूर्ण सुविधाको रुपमा रहेको मसिनको एन्टी–माइट्स चक्रले उच्च तापक्रमको प्रयोग गरी ओछ्यानका कपडाहरू र अन्य सामानहरूबाट माइटहरूलाई प्रभावकारी रूपमा हटाउँछ।

मेसिनमा स्पष्ट आइकनसहितको रङ्गीन र सहज स्क्रिन रहेको छ, जसले गर्दा प्रोग्रामहरू र सेटिङहरू छनोट गर्न र अनुकूल बनाउन निकै सजिलो हुने कम्पनीले जनाएको छ। 

विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा परिचित टिसीएलको आधिकारिक वितरकको रुपमा रहेको सी.जी. इलेक्ट्रोनिक्सले आफ्ना देशभरीका वितरण शाखाहरुमार्फत उपभोक्तामाझ आफ्ना उत्पादन र सेवा प्रदान गर्दैआएको छ। 

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update