
नेपाली विगत लामो समयदेखि चिरपरिचित इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रुपमा मनाउँदै ‘खुशीको ४० वर्ष’ नामक दशैं–तिहार विशेष अभियान सार्वजनिक गरेको छ।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सि.जी. इलेक्ट्रोनिक्स कम्पनीमार्फत नेपाली बजारमा आफ्ना उत्पादनहरु बिक्री वितरण गर्दै आएको एलजीले दशैं–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन आकर्षक छुट र उपहारसहितको विशेष स्किम सुरु गरेको हो।
एलजीको आधिकारिक वितरक सि.जी. इलेक्ट्रोनिक्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, यो अभियानका क्रममा उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।
यसका मुख्य आकर्षक स्किम अन्तरगत फ्रन्ट लोड वाशिङ मेसिन (११ केजीसम्म)को खरिदमा ६ केजीको एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोड वाशिङ मेसिन (१३ केजी)को खरिदमा इन्डक्सन चुलो उपहारको व्यवस्था गरिएका छ।
यसैगरी टप लोड र ट्विन टब वाशिङ मेसिन खरिदमा ३ लिटर एरियल लिक्विड उपहार रहेको छ भने डिशवाशर खरिदमा २ प्याक डिशवाशिङ ट्याब्लेट उपहारको व्यवस्था छ।
साइड–बाइ–साइड फ्रिज खरिदमा माइक्रोवेभ ओभन उपहार राखिएको छ भने, डबल डोर फ्रिज (३०८ लि. सम्म)को खरिदमा प्रेशर कुकर, डबल डोर फ्रिज (३४० लि.ं)को खरिदमा मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट एयर कन्डिसनर खरिदमा निःशुल्क इन्स्टलेसन सुविधा राखिएको छ।
यसका साथै अतिरिक्त सुविधाका रुपमा शून्य प्रतिशत इएमआई ठाउँका ठाउँमै सजिलै किस्ताबन्दीमा खरिद गर्न सकिने व्यवस्थासँगै ३२ इन्च वा सोभन्दा ठूलो टिभी किन्दा ९ महिनाको नेट टिभी सब्स्क्रिप्सनको सुविधा उपलब्ध गराइने छ।
सि.जी. इलेक्ट्रोनिक्सले यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुने जनाएको छ।
नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षको विश्वास बोकेको एलजी नेपाल गुणस्तर र नवीनताको पर्याय हो। घरायसी उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोलुसन लगायतका अत्याधुनिक प्रविधिसहित एलजीले उपभोक्ताको जीवनलाई सहज र आधुनिक बनाउन निरन्तर योगदान दिँदै आएको छ।