जल तथा मौसम विज्ञान विभागले अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको जनाएको छ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारणले मंगलबार देशभर मौसम बदली भएको जानकारी दिए।
गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम बर्षाको सम्भावना रहेको उनले बताए।
पोखरेलले अहिलेका बर्षाले कुनै असर नपर्ने भएपनि बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको जानकारी पनि दिए।
हिमाली भेगमा बढि हिमपात हुने देखिएकाले सतकर्ता अपनाउनुपर्ने बिभागले जनाएको छ। पोखरेलले पोष्ट मनसुन नेपालका लागि राम्रो मौसमको समय भएपनि बेला बेला बंगालको खाडी वा अरब सागरमा बन्न चक्रवातले सामान्य बर्षा हुने गरेको बताए।
अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर सकिएपछि दुई तीन दिनपछि अर्को चक्रवातका कारण मौसममा बदली हुन सक्ने बिभागले जनाएको छ।



