हिमाल दैनिक
लुम्बिनी र सुदूरपश्चिमको समथर भूभागमा तातो हावाको खतरा, सतर्क रहन मौसम विभागको आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसमम तराई क्षेत्रमा चल्न सक्ने तातो हावा र त्यसबाट जोगिन आम सर्वसाधारणलाई सावधानी अनपानउन आग्रह गरेको छ। 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तातो हावा चल्ने पूर्वानुमान गरेको हो।

आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले महाशाखाले सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह समेत गरेको छ।  

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले देशका हिमाली तथा पहाडी भेगमा चट्याङसहित बर्षा हुने सम्भावना रहेको जानकारी पनि दिए।

त्यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावनाका साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना रहेको उनले बताए।

नेपालमा यस बर्षको मनसुन असार ५ गते कोशी प्रदेशबाट भित्रिएपनि हाल मनसुन कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभाग बिस्तार हुन अझै केहि दिन लाग्ने महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update