एक्सपेङ्ग ब्राण्डको विद्युतीय सवारी साधन (इलेक्ट्रिक भेहिकल)को आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकको सुविधाका लागि विशेष एक्सचेन्ज क्याम्प अफरको घोषणा गरेको छ।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्स कम्पनीले ‘एक्सपेङ्ग एक्सपेरियन्स– अपग्रेड टु एक्सीलेन्स’ नामक नयाँ विशेष अभियानको सार्वजनिक घोषणा गरेको हो।
उक्त अभियानमार्फत आफ्ना ग्राहकरुलाई अत्याधुनिक एक्सपेङ्ग इभिमा सहज र लाभदायक रुपले अपग्रेड गर्न विशेष एक्सचन्ज क्याम्प अफर उपलब्ध गराएको सीजी मोटर्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यस अफर अन्तरगत ग्राहकहरुले आफ्नो सवारीसाधन एक्सचेन्ज गरी एक्सपेङ्ग जि६–४४० एनएम टर्क, एडभान्सड अटो–पायलट तथा अटो–पार्किङ प्रणाली, पाँच तारे एनक्याप सुरक्षित रेटिङ र ५०ः५० वेट–डिस्ट्रिब्युसन जस्ता उत्कृष्ट विशेषताले सुसज्जित, नयाँ पुस्ताको प्रिमियम इलेक्ट्रिक एसयुभिमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त हुनेछ।
स्मार्ट र परिष्कृत ड्राइभिंग अनुभव प्रदान गर्ने एक्सपेङ्ग जि६ आधुनिक इभि प्रविधिलाई उपभोक्तासम्म ल्याउनुका साथै यसको वर्गमै अग्रणी प्रदर्शनको सुनिश्चितता दिने दाबी कम्पनीले गरेको छ।
ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै यस अफर अन्तरगत ६.३ प्रतिशत को आकर्षक व्याजदर, विशेष क्लासको सुविधा, एक वर्षको इन्स्योरेन्स (अटोप्लस), एक वर्षको रोड–ट्याक्स, प्रिमियम एसेसोरिज, ६.६ किलोवाट वाल–माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जरका साथै ब्ल्याक डेकर कार वासर तथा भ्याकुम क्लिनर उपलक्ध गराउने जानकारी दिइएको छ।
जसले विद्युतीय सवारी साधारनमा अपनत्वको अनुभवलाई प्रारम्भदेखि नै सहज र सुक्षित बनाउने छ।
क्याम्पेनलाई अझ रोमाञ्चक बनाउँदै, यो अभियान अवधिभर टेष्ट ड्राइभ गर्ने प्रत्येक ग्राहकलाई विशेष गिफ्ट ह्याम्पर प्रदान गर्ने घोषणा पनि गरिएको छ।
भविष्यमुखी सम्पन्न डिजाइन, अत्याधुनिक स्मार्ट फिचरहरू, र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धतासहित, एक्सपेङ्ग नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ मापदण्ड स्थापना गर्दै अगाडि बढिरहेको छ।



