हिमाल दैनिक
आकर्षक लाभसहितको विशेष योजना सहित आयन द्वारा ‘अतिरिक्त चेन्ज अफर’ सार्वजनिक

आयनका नेपालस्थित आधिकारिक विक्रेता सीजी मोटर्सले ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन उद्देश्य राखी ‘अतिरिक्त सट्टा सेवा (दि एक्स्ट्राअर्डिनरी चेन्ज अफर) नामक विशेष अफर सार्वजनिक गरेको छ।

यस विशेष अफरअन्तर्गत आयन वाई वा आयन भी मा अपग्रेड गर्न चाहने ग्राहकहरूले धेरै प्रकारका प्रिमियम सुविधा पाउने आयनको आधिकारिक विक्रेता एवं नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्सले जानकारी दिएको छ। 

सीजी मोटर्सले जारी गरेको विज्ञप्ति अनुसार, यस अफरमा ६.३५ ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस, र ब्ल्याक डेकर कार वाशर तथा भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू समावेश गरिएका छन्। 

साथै, ग्राहकहरूले ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स, र अतिरिक्त एक्सेसरिज समेत प्राप्त गर्न सक्ने छन्।

यससँगै हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। 

आयन मोडेलका विशेषताहरू:

आयन वाई
ड्राइभिङ रेन्जः ५०० किलोमिटर
ब्याट्रीः ६१.३ किलोवाट आवर म्यागजिन ब्याट्री

आयन भी एलिट – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरूः
ड्राइभिङ रेन्जः ५२० किलोमिटर
ब्याट्री प्रकारः म्यागजिन ब्याट्री

आयन भी लक्जरी – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरूः
ड्राइभिङ रेन्जः ६५० किलोमिटर
ब्याट्री क्षमताः ७५.३ किलोवाट आवर्
८–प्वाइन्ट मसाज सिट (चालक र सह–चालकका लागि)
इन–बिल्ट फ्रिज (६.६ लिटर क्षमता)

मूल्यः रु ५८.५० लाख ्र रु ६४.९९ लाख, रु ६९.९९ लाख  

आयन विश्वभर अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका लागि परिचित ईभी ब्रान्ड हो। एशिया, युरोप, र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै, आयनले विद्युतीय गतिशीलताको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ। नेपालमा सीजी मोटर्स र आयन व्यापक सुविधा, उत्कृष्ट ग्राहक सेवा, र विस्तार हुँदै गएको ईभी इकोसिस्टमसहित नेपाललाई स्वच्छ, स्मार्ट र दिगो भविष्यतर्फ अघि बढाउन प्रतिबद्ध छन्। 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update