आयोन ब्राण्डको विद्युतीय सवारीसाधान (इभी) आयोन भिले यूरो एनक्याप टेष्ट २०२५ मा सर्वोच्च ५–स्टार फेफ्टी रेटिङ प्राप्त गरेको छ।
उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि विश्वव्यापी रुपमा परिचित इभी ब्राण्ड, आयोनले विश्व इभी बजारमा निरन्तर नयाँ मापदण्ड कायम गर्ने क्रममा एसिया, युरोप र मध्यपूर्वमा आफ्नो बढ्दो उपस्थितिका साथ बजार लिन सफल भएको छ।
उक्त ब्राण्डका सवारी साधानहरुको नेपालस्थित आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी मोटर्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, आयोन भिले हालै प्राप्त गरेको पाँच तारे सेफ्टी रेटिङले अटोमोबाइलहरुको लागि विश्वको सबैभन्दा सम्मानित सुरक्षा मुल्यांकनमध्ये एकलाई प्रतिबिम्बित गर्दछ। यो मान्यताले आयोनको उच्चस्तरको सुरक्षा पनि प्रदान गर्ने गाडीहरु निर्माण गर्ने प्रतिबद्धतालाई दर्साउने नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्सले दाबी गरेको छ।
नेपाली ग्राहकहरुमा भने आयोनको आयोन भि मोडलले लोकप्रियता पाइरहेको र भविश्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र उन्नत सुविधाहरुकासाथै उत्कृष्ट सुरक्षा प्रदान गर्दछ।
आयोन भिमा उन्न बडी स्ट्रक्चर, मल्टी–सेन्सर कोलिजन डिटेक्सन र एआई–संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरु भएको उल्लेख गर्दै यसले चालकहरुलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्ने बताइएको छ।
नेपालमा आयोनको आधिकारिक विक्रेता सीजी मोटर्सले नेपाली ग्राहकहरुलाई आयोन भि र आयोन वाई जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरु उपलब्ध गराउँदै आएको छ।



