हिमाल दैनिक
पार्टी र मुलुकलाई सुरक्षित अवतरण गराउने उपायको खोजीमा सक्रिय बने नेता कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमाउपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण प्रतिनिधिहरूसॅग परामर्श गरेका छन्। 

विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा शनिबार बिहान गरेको छलफलमा पछिल्लो समय पार्टीभित्र उत्पन्न विषम परिस्थितिको समुचित निकास के हुन सक्छ? राष्ट्रमा देखिएको संकटको समाधान रपार्टीभित्रको द्वन्दलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छफफल भएको कोइरालाका सहयोगी दिनेश थपलियाले बताएका छन्। 

त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशनको मागका सम्बन्धमा कसरी समन्वय गर्नसकिन्छ? आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ? भन्नेविषयहरुमा पार्टीभित्र देखिएको दुबै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरुका बारेमा  गम्भीर छलफलभएको थियो।

हालै पार्टीको अनुशासन समितिले गरेको कारवाहीको फुकुवाका सम्बन्धमा जो जो व्यक्तिहरू जुन जुनपदमा थिए उनीहरू तत् तत् पदमा कायम रहनुपर्नेमा समेत सहभागीहरुले जोडदार माग उठाएका थिए। 

आगामी आम निर्वाचनमा एक भएर अघि बढ्नु समयको माग एवं आवश्यकता हो भन्नेमा उपस्थित सबैनेताहरुको एकमत रहेको थपलियाले जानकारी दिए। 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update