अत्याधुनिक प्रविधिद्वारा संचालित एक्सपेङ्गले सन् २०२६ को सुरुवातमै विश्वव्यापी रुपमै उल्लेखनीय सफलता हासिल गरेको छ।
विद्युतीय सवारी साधन एक्सपेङ्गको नेपालस्थित आधिकारिक वितरक कम्पनी सीजी मोटर्स कम्पनीका अनुसार, यस वर्षको पहिलो त्रैमासिक प्रगति विवरणमा एक्सपेङ्गले विश्वव्यापी सफलता हासिल गरेको हो।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, एक्सपेङ्गले ७ प्रमुख देशहरूमा इमर्जिङ चाइनिज इभि ब्राण्ड अन्तरगत बिक्रीमा नम्बर १ पद हासिल गर्दै विश्व विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ बजबुत बताएको हो।
यस सफलताको अग्रभावमा रहेको एक्सपेङ्ग जि६ ले स्मार्ट परफर्मेन्स प्रिमियम कम्फर्ट तथा भविष्य केन्द्रित डिजाइनले विद्युतीय मोबिलिटीलाई नयाँ परिभाषा दिइरहेको बताइएको छ।
एक्सपेङ्गको प्रयोगकर्ता केन्द्रित इन्जिनियरिङप्रतिको प्रतिबद्धताले विश्वभर दिगो मोबिलिटीतर्फको परिवर्तनलाई अझ गति दिइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
एक्सपेङ्ग नेपालले नोभेम्बर ९, २०२४ मा आफ्नो काठमाडौं शोरुममा एक्सपेङ्ग जि६ सार्वजनिक गरेको थियो।
सोही दिन कम्पनीले २५ वटा गाडी ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली बजारमा स्मार्ट इभिप्रति बढ्दो रुचि देखाएको थियो।
नेपालमा इभिको माग बढ्दै जाँदा, एक्सपेङ्ग नेपालले नेपालले नयाँ प्रविधि र राम्रो ग्राहक सेवामार्फत स्मार्ट र दिगो यातायातलाई अघि बढाउने लक्ष्य राखेको छ।


