आबुधाबीमा मुम्बई इन्डियनस र रोयल च्यालेन्जर्स बेगलुरु(आर्सिबी) बीच जारी खेलमा आरिसिबीको दोश्रो विकेट पनि गुमेको छ। टस हरेर ब्याटिंगका लागि उत्रेको आर्सिबिको दुई विकेट गुमाएको छ।
आरिसिबिका कप्तान बिराट कोहलीले ९ रन योगदान दिएर पभिलियन फर्किएका छन्। उनि जसप्रीत बुमराहको बलमा आउट भएका हुन्। बुमराहले आइपिएलमा आफ्नो 100 विकेट पुरा गरेका छन्।
यसअघि आर्सिबिका जोश फिलिप ३३ रन बनाएर आउट भएका छन्। उनलाई राहुल चाहरको बलमा क्विटन डिकॉकले स्टाम्प गरेका थिए। अहिले क्रिजमा देवदत्त पडिक्कल र एबी डी विलियर्स क्रिजमा छन्। पडिक्कल र फिलिपले आरिसिबिको राम्रो सुरुवात गरेका थिए। दुबैको पावर-प्लेमा टिमलाई ५० रन पुरा गरेका थिए। पहिलो विकेटका लागि पडिक्कल र फिलिपले ७१ रनको साझेदारी गरेका थिए। उक्त सजेधारी चाहरले तोडेका थिए।
पछिल्लो विवरण अनुसार १४।२ ओभर खेलेको आर्सिबिले ११३ रन बनेको छ भने २ विकेट गुमाएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७