दिल्लीलाई हराउँदै डिफेडिंग च्याम्पेन मुम्बई फाइनलमा

आइपिएलका १३ औं सिजनको पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डियनसले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ। यससंगै डिफेडिंग च्याम्पेन मुम्बई लगातार दोश्रो पटक फाइनलमा पुगेको हो । रोहित शर्माको कप्तानीमा मुम्बई टिम ५ औं पटक खिताब जित्न एक कदम टाढा छ। पछिल्लो पटक मुम्बईले फाइनलमा चेन्नई सुप्पर किंग्सलाई १ रनले हराएको थियो। यस भन्दाअघि २०१७,२०१५ र २०१३ मा च्याम्पेन बनेको थियो।
बिहिबार साझँ दुबईमा भएको खेलमा टस हारेर ब्याटिंगको लागि क्रिजमा उत्रेको मुम्बईले दिल्लीलाई २०१ रनको लक्ष्य दिएको थियो। त्यसको जबाफमा दिल्लीले ८ विकेटको नोक्सानमा १४३ रन बनायो। दिल्लीका लागि मार्कसस्टोइनिसले ४६ बलमा ६५ रन बनेका थिए । जसप्रीत बुमराहले ४ ओभरमा १४ रन बनाए भने ४ विकेट लिएका थिए। उनि हिजो खेल 'म्यान अफ द म्याच' भएका थिए।
दिल्लीले सुरुवातमा निकै खराब प्रदर्शन गरेको थियो। टिमले खाता न खोल्दैन ३ विकेट गुमेको थियो। पहिलो ओभरमा दिल्लीका टेन्ट बोल्डले पृथ्वी शा र अजिक्य रहाणेलाई पभिलियाँ फर्काए। पृथ्वीको क्याच विकेटकिप्पर क्विटन डिकॉकले लिएका थिए भने रहाणे एलबीडब्ल्यू भएका थिए , त्यसपछि दोस्रो ओभरमा बुमराहले शिखर धावनलाई क्लीन बोल्ड गरेका थिए।
मुम्बईका बल्लर बुमराहले दिल्लीको ४ महत्वपूर्ण विकेट लिए। उनले शिकार शिखर धवन, श्रेयस अय्यर, मार्कस स्टोइनिस र डेनियल सैम्सलाई आउट गरेका थिए। यस मध्य धवन र सैम्सले खाता पनि खोल्न पाएनन् भने अय्यरले १२ र स्टोइनिसले ६५ रन बनेका थिए।
मुम्बईले ५ विकेट गुमेर २०० रन बनेको थियो। मुम्बईमा सबै भन्दा बढी रन ईशान किशन (५५) दिएका थिए भने सूर्यकुमार यादवले ५१ र क्विटन डिकॉकले ४० रन पारी खेले। अन्तिममा हार्दिक पंड्याले १४ बलमा ३७ रनको पारी खेलेका थिए। उनले ६ छक्क लागेका थिए। दिल्लीका रबिचन्दन अश्विनले २९ रन दिएर सबै भन्दा बढी ३ विकेट लिएका थिए। त्यस्तै अलावा एनरिच नोर्तजे र मार्कस स्टोइनिसले १-१ विकेट लिएका थिए ।
सिजनमा यी दुई टिमबीच तेस्रो पटक खेल भएको हो। तीन पटक नै मुम्बईले नै जीत हासिल गरेको थियो । लिग चरणमा पहिले अबु धाबीमा दिल्लीलाई ५ विकेटले हरायो । त्यसपछि दोश्रो पटक दुबईमा दिल्ली ९ विकेटले हरेको थियो।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय