एमबाप्पेको दुई गोल संगै पीएसजी दोश्रो स्थानमा (हाइलाइटस्)

फ्रेन्च लिग वान फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी)ले डिजोन माथि सहज जीत हात परेको छ। गएराती भएको डिजोनको घरेलु मैदानमा खेलमा साविक विजेता पीएसजीले लिगको पुछारमा भएको डिजोनमाथि ४-० गोल अन्तरले जीत हात परेको हो । हिजोको खेलमा पीएसजीका स्टार एमबाप्पेले दुई गोल र मोइस किन र डानिलो पेरेइराले एक/एक गोल गरेका थिए ।
खेल सुरु भाको छैटौँ मिनेटमा मोइसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३२औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै टिमको २-० को अग्रता दिलाए । पहिलो हाफमा दोब्बर अग्रता लिएको पीएसजी यतिमै सिमित रहेन। खेलको दोश्रो हाफको ५१औँ मिनेटमा एमबाप्पेले दोस्रो गोल गरे र खेल लाई ३-०मा पुराए। । ८२ औँ मिनेटमा डानिलोले गोल गर्दै आफ्नो टिमलाई ४–० को अग्रता दिलाए ।
https://www.youtube.com/watch?v=VWfiOijL49Q
यस जीतसंगै पीएसजी लिगको दोश्रो स्थानमा उक्लिएको छ । २७ खेल खेलेको पीएसजीले ५७ अंक संगै दोश्रो स्थानमा रहेको छ भने डिजोन १५ अंकसहित पुछारमा रहेको छ । लिगको शिर्ष स्थानमा रहेको लिली पीएसजी भन्दा एक अंकले माथि छ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय