कोरोनाका कारण नेपालमा पहिलो चिकित्सकको मृत्यु
नेपालमा कोरोना संक्रमणको कारण पहिलो चिकित्सकको मृत्यु भएको छ। बिहिबार दिउँसो कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक हरि सापकोटाको कोरोनाका कारण मृत्यु भएको हो।
भेरी अस्पताल नेपालगन्जमा उपचारत डा. सापकोटा मधुमेह र उच्च रक्तचापको बिरामीसमेत रहेका प्रदेश अस्पतालले जनाएको छ। उनमा ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो। कोरोना पुष्टि भएपछि उपचारका लागि दुई साता अघि नेपालगन्ज रिफर गरिएको थियो।
१४ वर्षदेखि डा सापकोटा कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्


