कोरोना संक्रमितको संख्याले ओराले झर्न मानेन, २४ घण्टामा झण्डै २५ सय संक्रमित, १९ को मृत्यु
                        
                        
                                                
                                             
                                                
                        कोरोना भाइरसका संक्रमितको संख्या सोमबार पनि निरन्तर उकालोे लाग्दै २५ सयको हाराहारीमा पुगेको छ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा गत २४ घण्टामा ९७३ महिला र १५०३ पुरुष गरि थप २४ सय ४० जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये झण्डै ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८४ महिला र ६९४ पुरुष गरि ११ सय ७८ जना, भक्तपुरमा ४९ महिला र ५४ पुरुष गरि १०३ जना र ललितपुरमा ११४ महिला र १३६ पुरुष गरि २५० जनासहित उपत्यकामा १५ सय ३१ जनामा कोरोना देखिएको हो।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ।
त्यस्तै सोमबार ११३३ जना डिष्चार्ज भएका छन्। यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६५,२०२ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
त्यस्तै होम आइशोलेशनमा १२ हजार ३१६ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार जना १९१ रहेका छन्। क्वारेन्टाइनमा ४ हजार ३३ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ८८ हजार २२९ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ।
 
                        
                    
                प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    