कोरोना संक्रमितको संख्या नेपालमा पनि १ लाख कट्यो
                        
                        
                                                
                                            
                        नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा देशभरीबाट थप २ हजार ५९ जना कोरोना संक्रमित थपिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
शुक्रबार नेपालमा ७३२ महिला र १३२७ पुरुष गरि २०५९ जनामा कोरोना देखिएको हो। त्यस्तै काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोना पुष्टि भएको छ।
मन्त्रालयका अनुसार, काठमाडौंमा ४०९ महिला र ७०७ पुरुष गरि ११ सय १६ जना, भक्तपुरमा ५७ महिला र ७३ पुरुष गरि १३० जना र ललितपुरमा ६१ महिला र १०२ पुरुष गरि १६३ जनामा कोरोना देखिएको हो।
नेपालमा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ भने हालसम्म कारोनाका कारण ६०० पुगेको छ। त्यस्तै शुक्रबार १६ सय ८० जना डिष्चार्ज भएका छन्। यो संगै नेपालमा कोरोना संक्रमिणबाट निको हुनेको संख्या ७३ हजार २३ रहेका छन्। नेपालमा शुक्रबार सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै होम आइशोलेशनमा १५ हजार ८७७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार १७६ जना रहेका छन्। क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन्। त्यस्तै हालसम्म ११ लाख ४५ हजार २३७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ।
 
 
                        
                    
                प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    