डा. केसीसँग वार्ताबाट समाधान नखोजी सरकारले भन्योः अनसन अन्त्य गर
                        
                        
                                                
                                             
                                                
                        अनसनरत डा. गोविन्द केसीका मागबारे सरकारले गठन गरेको वार्ता टोली र केसी पक्षबीच सहमति नभएपछि शनिबार सरकारले एकाएक वक्तव्य जारी गर्दै केसीलाई अनसन तोड्न दबाब दिएको छ। 
चौतर्फी दबाबपछि बिहिबार गठन भएको सरकारी वार्ता टोली र केसी पक्षबीचको वार्ता सकारात्मक भएको भनिएपनि शुक्रबार दिनभर केही नगरी राती बसेको वार्ताबाट विना निश्कर्ष बाहिरिएको सरकारी पक्षले शनिबार केसीका सबै मागहरु क्रमशः कार्यान्वयन भइरहेको भन्दै उनलाई अनसन तोड्न भनेको छ। 
सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार गुणस्तरिय चिकित्सा शिक्षा विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउँदै विश्वव्यापी कोरोना महामारीले मुलुक आक्रान्त रहेकोले यस्तो विषम परिस्थितिलाई मनन् एवं आत्मसात गर्दै अनसन अन्त्य गर्न आग्रह गरेका छन्। 
दुई पक्षबीचको वार्तालाई विना निश्कर्ष अलपत्र छाडेर एकपक्षिय रुपमा सरकारले वक्तव्य जारी गरेपछि २७ दिनदेखि आमरण अनसनमा बसिरहेका केसीको अवस्था थप गम्भीर बन्ने सम्भावना बढेको छ। 
सरकारी विज्ञप्तिको अंशः
 
 
 
 
                        
                    
                 
 
 
 
                        प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    